देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमा अनुमतिबिनै कोकाकोला कम्पनी सञ्चालन

देशान्तर

काठमाडौं । बालाजु औद्योगिक क्षेत्रभित्र रहेको बोटलर्स नेपाल (कोकाकोला) कम्पनी ३२ वर्षसम्म अनुमतिपत्र नलिई सञ्चालनमा रहेको फेला परेको छ ।

नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले बुधबार गरेको अनुगमनका क्रममा २०४१ सालदेखि हालसम्म अनुमतिपत्र नलिई सञ्चालन भइरहेको फेला परेको हो । कार्यालयका प्रमुख शशिभूषण यादवले पछिल्लो समय अनुमतिपत्र नलिई धेरै कम्पनीहरु सञ्चालनमा रहेका उजुरी आएपछि अनुगमन कार्य बढाएको बताए ।

“कोकाकोला जस्तो बहुप्रतिष्ठित कम्पनीले लामो समयदेखि अनुमतिपत्र नलिई सञ्चालन गरिरहेको छ भने अरुको हालत के होला ?,” उनले भने । उक्त कम्पनीबाट कानुन बमोजिम रु चार हजार जरिवाना असुल गरिएको छ ।

यस्तै औद्योगिक क्षेत्रभित्रै सञ्चालन भएका कर्माचार्य प्लास्टिक उद्योग, मोर्डन चप्पल इन्डट्रिज, बालाजु दाल मिल समेत अनुमतिपत्र नलिई सञ्चालनमा रहेका र ढक तराजु जाँच नगरेको फेला परेको छ । यी तीनवटै कम्पनीको ढक तराजु जफत गराई तीनदिनभित्र कार्यालयमा हाजिर हुन पत्र पठाइएको कार्यालयले जनाएको छ ।

]]>