देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जिम्बाब्बेको राष्ट्रपतिमा मनांगाग्वा निर्वाचित

देशान्तर

काठमाडौं । जिम्बाब्बेको राष्ट्रपति निर्वाचनमा एमर्सन मनांगाग्वा निर्वाचित भएका छन् । पूर्वराष्ट्रपति रोबर्ट मुगाबेले समर्थन गरेका विपक्षी पार्टीका उम्मेदवार नेल्सन चमिसालाई झिनो मत अन्तरले हराउँदै मनांगाग्वा विजयी भएका हुन् ।

जिम्बाब्बेको चुनाव आयोग प्रमुख जस्टिस प्रिसिला चिगुम्बाले मनागांग्वा विजयी भएको घोषणा गरेको बीबीसीले जनाएको छ ।

कमाण्ड एकपटक फेरि एमर्सन मनांगाग्वाको हातमा आएको छ । १० प्रान्तको परिणाम जारी गर्दै चुनाव आयोगले भनेको छ मनांगाग्वाले ५० दशमलव ८ प्रतिशत भोट हासिल गरेका छन् । यसैगरी विपक्षी उम्मेदवार नेलसन चमिसाले ४४ दशमलव ३ प्रतिशत भोट पाए ।

मूभमेन्ट फर डेमोक्रेटिक चेन्ज (एमडीसी) गठबन्धनको प्रमुख मोर्गन कोमिचीले भने यस नतिजालाई फर्जी बताउँदै अस्वीकार गरेका छन् ।जिम्बाब्बे चुनाव आयोगले भने निर्वाचनमा कुनै धाँधली नभएको स्पष्ट पारेको छ ।

नोभेम्बरमा ९४ वर्षीय तत्कालीन राष्ट्रपति रोबर्ट मुगाबेले पदबाट राजीनामा दिएपछि जिम्बाब्बेमा पहिलोपटक निर्वाचन भएको थियो । मुगाबेलाई पदबाट हटाएर तत्कालीन उपराष्ट्रपति मनांगाग्वा राष्ट्रपति बनेका थिए । यसबाट रुष्ट मुगाबेले आफ्नै पार्टी जानु पीएफका उम्मेदवार मनांगाग्वालाई चुनावमा नसघाएर विपक्षी उम्मेदवार चमिसालाई समर्थन गरेका थिए ।
३८ वर्ष अघि स्वतन्त्र भएको जिम्बाब्बेमा त्यतिबेलादेखि नै जानु पीएफ पार्टी सत्तामा छ ।

निर्वाचनको क्रममा राजधानी हरारेमा फैलिएको दंगा निर्वाचन परिणामपछि शान्त भएको छ । निर्वाचनको क्रममा भएको हिंसामा कम्तिमा ६ जनाको मृत्यु भएको थियो ।