देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निर्वाचन नभई न संविधान न संघीयता कार्यान्वयन : महामन्त्री कोइराला

देशान्तर

नवलपरासी। नेपाली काँग्रेसका महामन्त्री डा शसा‌ंक कोईरालाले निर्वाचन नभएसम्म संघीयता र संविधान दुबै कार्यान्वयन नहुने भन्दै स्थानीय र प्रादेशिक निर्वाचन तत्कालै गराउनुपर्ने बताएका छन्। निर्वाचनका लागि कुनै एक मात्र पार्टीले चाहेर नहुने भन्दै एमाले सहित मधेशी मोर्चालाई समेत सहमतिमा ल्याएर मात्रै निर्वाचन गराउनुपर्ने उनको धारणा थियो । 
 
नेपाली काँग्रेस कावासोती नगर समितिले दशैं, दीपावली र छठ को अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुन नवलपरासी आएका कोइरालाले  नेपाल प्रेस युनियन नवलपरासीले कावासोतीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन्।
 
निर्वाचन नभएसम्म संघीयता र संविधान दुबै कार्यान्वयन नहुने भन्दै यसकालागि सबै दल एकै स्थानमा उभिनुपर्नेमा कोइरालाको जोड थियो । निर्वाचनमा जाँदा जीत हार स्वभाविक हुने भएकाले सबै दल हार जीत राजनीति भन्दा बाहिर आएर निर्वाचनका लागि सरकारलाई सहयोग गर्न कोइरालाले आग्रह गरे। अर्को प्रसङगमा नेता कोइरालाले भारत र पाकिस्तानको सम्बन्धमा समान धारणा रहेको बताए। कोइरालाले शुक्रवार नेपाली काग्रेस कावासोती नगर समितीको आयोजनामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा पार्टी भित्रको तिक्तता त्यागेर संगठन निमार्णका लागि लाग्न कार्यकर्तालाई निर्देशन समेत दिएका छन्।
 
महामन्त्री डा कोइरालाले आजै नेपाली काँग्रेस कावासोती नगर समितिले दशैं, दीपावली र छठको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेसका लोकतन्त्र संस्थागत भएन भने मुलुक अफ्ठ्यारो परिस्थिति तर्फ धकेलिने भएकाले कार्यकर्तालाई संयम भएर लाग्न अनुरोध गरे।
 
सो अवसरमा  नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरु, गोबिन्द भट्ट्रराई, बद्री पाण्डे, देबेन्द्रराज कण्डेल, गुरुराज घिमिरे, सांसद बिक्रम खनाल, पुर्ब केन्द्रीय सदस्य कृण्णचन्द्र नेपाली, पुर्ब सांसद महेन्द्र ध्वज जीसी, जिल्ला सभापति बिण्णु लामिछाने लगायतका बक्ताले काग्रेँसलाई एक ढिक्का भएर लैजानुपर्ने बिचार राखेका थिए।

]]>