देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमालेको सहमतिबिना संविधान संशोधन हुँदैन– मन्त्री भण्डारी

देशान्तर

कावासोती । वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले सरकारले नेकपा (एमाले)को सहमतिबिना संविधान संशोधन गर्न नसक्ने बताएका छन् । 
नवलपरासीको मध्यबिन्दु–२ कोल्हुवामा सोमबारदेखि सुरु भएको १२ औँ राइनो संरक्षण गोल्डकप–२०७३ को उद्घाटन कार्यक्रमका लागि आएका बेला नेपाल प्रेस युनियन नवलपरासीले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । 

काँग्रेस र माओवादीबीच समान धारणा बनाएपछि मधेसवादी दलसँग छलफल गर्ने तयारी सरकारले गरेको समेत उनले बताए । सरकार र मधेसी दलबीच संविधान संशोधनको सहमति भएपछि त्यसको जानकारी एमालेलाई गराउने र सोही आधारमा संशोधन हुने वनमन्त्री भण्डारीले जानकारी दिए । एमालेले खोजेको औचित्य जुटाउन गृहकार्यमा सरकार रहेको पनि उनले बताए । 

संविधान कार्यान्वयन भनेको सरकारले स्थानीय, प्रदेश र राष्ट्रिय सभासहित केन्द्रको चुनाव गराउने हो हामी त्यो दायित्व पूरा गर्न लागिपरेका छौँ, मन्त्री भण्डारीले भने– “स्थानीय निर्वाचन यही संरचनाभित्र भएपनि गर्नुपर्छ ।” स्थानीय तहको पुनःसंरचनाका विषयमा संवैधानिक आयोग र सरकारबीचको केही कुरा मिल्न बाँकी छ कुरा मिलेन भने पनि चुनाव गर्नुपर्ने उनको जिकिर छ । 

कार्यक्रममा एमाले नेता तिलक महत, काँग्रेस नेता कृष्णचन्द्र नेपाली, युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दाहाललगायतले बोलेका थिए ।

]]>