देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नौवहिनि गाउपालिकामा सिसिटिभि जडान

देशान्तर

खलङ्गा । प्यूठानको नौवहिनि गाउपालिकाले जिल्लामै पहिलोपटक आफ्नो कार्यालय र बाहाने बजार क्षेत्रलाई सिसिटिभि क्यामेराको निगरानीमा राखेको छ । गाउपालिकाको मोनिटर प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा र बजारको मोनिटर ईलाका प्रहरी कार्यालय बाहानेमा राखिएको छ । सिसिटिभिको अनुगमन पछि प्युठानका प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेले सोमबार एक कार्यक्रमका विच उद्घाटन गरेका छन् ।

उद्घाटनका क्रममा प्रमुख जिल्ला अधिकारी घिमिरेले जिल्लामै नमुना कार्य गरेकोमा गाउपालिका परिवारलाई धन्यवाद दिदै जिल्लाका अन्य गाउँ र नगरपालिकाले पनि कार्यान्वयन गर्नुपर्ने वताए । सुरक्षाका दृष्टिकोणले यो अत्यन्तै उत्कृष्ट कार्य भएको वताउदै प्रजिअ घिमिरेले भने, जिल्लाकै विकट भएर पनि नौवहिनि गाउपालिकाको यो कार्यले अरुलाई पनि सुरक्षा संवेदनशिलताको विषयमा पाठ सिकाएको छ ।

वजार क्षेत्र भित्र कुनै पनि गलत र अपृय घटना नहोउन भन्ने उद्देश्यले गाउपालिकाले यो कदम उठाएको वताउदै गाउपालिका अध्यक्ष शिवराज रिजालले समाज विकास र समाजको सकारात्मक परिवर्तनका लागि अन्य रचनात्मक कार्य गर्ने वताए ।