देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मुखर्जी र नेपालको गोप्य भेटले एमालेमा शंकाको खेती

देशान्तर

काठमाडौं । कथित राष्ट्रवादको नारा घन्काएको प्रमुख विपक्षी दल नेकपा एमालेमा तीनदिने नेपालको राजकीय नेपाल भ्रमणमा आएका भारतीय राष्ट्रपतिका कारण शंका उपशंकाको खेती सुरु भएको छ । भारतको विरोध गर्दै आफूलाई राष्ट्रवादी भन्ने अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल पक्षका बीचमा मुखर्जीको भ्रमणका कारण शंका उपशंकाको खेती सुरु भएको हो । पार्टी केन्द्रीय कार्यालयबाटै नेताहरूले पटक–पटक गुटबन्दी अन्त्य भएको सन्देश दिन खोजे तर गुटबन्दी गुटबन्दीको मार भने जस्ताको त्यस्तै छ । त्यही गुटबन्दीका कारण एमालेका दुई पक्षका बीचमा भारतीय राष्ट्रपति मुखर्जीसँग भएको भेटका कारण मारमार सुरु भएको हो । 

पछिल्लो समय सरकार ढलेको रन्कोले रन्थनिएको एमाले छिमेकी भारतप्रतिको व्यवहारबारे विभाजित भएको छ । बुधबार नेपालको राजकीय भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँगका भेटलाई लिएर एमालेका दुई पक्षका बीचमा घोचपेच सुरु भएको छ ।  अध्यक्ष केपी ओली पक्षधरले नेता माधवकुमार नेपाल एक्लै भेट्न गएको प्रति शंका गरेको छ । यद्यपि, ओली हूलै बाँधेर भेट्न गएका छन् । माधव नेपाल एक्लै भेटेको विषयले बढी चर्चा पाएको छ । 

ओली पक्षधरले माधव नेपाल ढोंगी नेताको आरोप लगाउन थालेको छ भने नेता माधव नेपाल पक्षधरले ओलीलाई नाटककारको संज्ञा दिएको छ । भारतीय राजदूतावासले आयोजना गरेको भोजमा नगएका ओली भारतीय राष्ट्रपति मुखर्जीलाई भेट्न भने उनी बसेको होटेल हायातमा पुगेको भन्दै ओलीलाई नाटककारको संज्ञा नेपाल पक्षले लगाएको छ । तर नेपाल पक्षले भने नेपाल एमालेको पुरानो नेता भएकैले सम्मानपूर्वक छुट्टै भेट दिइएको दाबी गरेका छन् । नेपाल पक्षधरले ओली झन् हूलै बाँधेर भेट्न गएको टिप्पणी पनि गरेका छन् । नेपाल पक्षले २०५१ मा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा सबै काम नेता नेपालले नै गर्नु भएको हो । त्यति बेला मुखर्जी भारतको जिम्मेवार मन्त्री भएका कारण दुई नेताबीच दोस्ती भएकाले एक्लै भेटेको दाबी गरेको छ ।  
एमाले अध्यक्ष केपी ओलीलाई भारतीय दूतावासमा भएको दिवाभोजमा निम्तो नआएको चर्चा चलेकैबीच ओली बिहीबार बेलुकी सातजनाको हूल बाँधेर हायात होटेल पुगेका थिए । भारतीय दूतावासमा भएको कार्यक्रममा भने ओली गएका थिएनन् । 

हायात होटेलमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई भेट्न ओलीका साथमा उपाध्यक्ष बामदेव गौतम, अष्टलक्ष्मी शाक्य, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, विदेश विभागका राजन भट्टराईलगायत सातजना थिए । 

उता एमालेका अर्का नेता झलनाथ खनाल पनि पूर्वप्रधानमन्त्री तथा पार्टीको पूर्वअध्यक्षसमेत भइसकेको व्यक्ति हुँदा पनि भारतीय राष्ट्रपति मुखर्जीसँग भेटघाट गर्न नपाएको असन्तुष्ट बनेका छन् । नेपालले एक्लै भेटेको तथा भेटका बेलामा ओलीले झलनाथलाई समेत सहभागी नगराएपछि उनी असन्तुष्ट बनेको बताइएको छ । 

 

]]>