देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संविधान कार्यान्वयन अहिलेको चुनौती– नेता पौडेल

देशान्तर

पोखरा । नेपाली कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयन नै अहिलेको चुनौती रहेको बताएका छन् । 

नेपाली काँग्रेस कास्कीले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले मधेसवादी र जनजाति समुदायका गुनासालाई संविधान संशोधनबाट सम्बोधन गरेर संविधान कार्यान्वयनका दिशामा अघि बढ्नुपर्नेमा जोड दिए । 

विसं २०७४ माघ ७ गतेभित्र स्थानीय, प्रादेशिक र केन्द्रीय निर्वाचन सम्पन्न भएपछि मात्र संविधान कार्यान्वयन हुनसक्ने धारणा राख्दै उहाँले यतिका उपलब्धि भइसकेपछि पनि सानातिना कुरामा अल्झेर प्राप्त उपलब्धि गुम्न नदिन सबै राजनीतिक दलसँग आग्रह गरे । 

संविधान संशोधन हुनै सत्तैmन भन्ने एमालेको अतिवादी सोच र आपूmले भनेका सबै माग पूरा हुनैपर्छ भन्ने मधेसवादी दलले हठ त्यागेर सबै लचक भई एक ठाउँमा आउनुपर्नेमा नेता पौडेलको जोड थियो । 

नेपाली काँग्रेस पद्दति, प्रक्रिया, संस्थागत र समझदारीद्वारा अघि बढ्नुपर्नेमा जोड दिँदै उनले पार्टी कार्यकर्ताको सही मूल्याङ्कन भएमा मात्रै पार्टी एकता हुने राय प्रकट गरे । 

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले स्थानीय तहको निर्वाचन नजिक आइरहेकाले पार्टी कार्यकर्ता गाउँगाउँमा गएर जनताको मन जित्ने गरी काम गर्नु्पर्ने बताए ।

]]>