देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री दाहाल पार्टी भित्रै घेराबन्दीमा

देशान्तर

काठमाडौं । आफ्नो नेतृत्वमा सकारका गठन भएको एक सय दिन नपुग्दै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चौतर्फी घेराबन्दीमा परेका छन् । आफ्नो सचिवालय, पार्टीका तर्फबाट मन्त्री भएका नेता, पार्टी नेता तथा कार्यकर्ता, सञ्चारजगत, सामाजिक सञ्जाल र विपक्षीबाट प्रधानमन्त्री दाहाल घेराबन्दीमा परेका हुन् ।

उनको पक्षमा वकालत गरिदिनेको संख्या न्यून छ भने आलोचना गर्नेहरु अधिक देखिएका छन् । लाभको पद पाउन प्रतिस्पर्धा गर्ने आफ्नै पार्टीका नेताकार्यकर्ता पनि प्रधानमन्त्री दाहालका पक्षमा देखिएका छैनन् ।  ‘प्रधानमन्त्रीलाई असफल बनाउन पार्टीभित्र र बाहिरबाट घेराबन्दी गरिएजस्तो देखिएको छ,’ प्रधानमन्त्री दाहालका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले भने,‘कोही योजनाबद्ध रुपमा लागेको छ भने पनि त्यसलाई सफल हुन दिइनेछैन ।’

परिवारका सदस्यलाई राजनीतिक नियुक्ति दिलाएको, अंगीकृत नागरिकलाई राष्ट्रध्यक्ष बनाउन प्रस्ताव अगाडि सारेको, हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन खोजेको, भारत र चीसँग सन्तुलित सम्बन्ध कायम राख्न नसकेको, जनताका पक्षका देखिने गरी कुनै निर्णय  कार्यान्वयन गराउने नसकेको , कांग्रेससँगको गठबन्धन सुमधुर बनाउन नसकेको आरोप प्रधानमन्त्री प्रचण्डमाथि पार्टीभित्र र बाहिरबाट लागेको छ । आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।

]]>