देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस नगर सभापतिहरुको दुई दिने भेला बनेपामा

देशान्तर

काठमाडौं । स्थानीय निकाय पुर्नसंरचनाबारे धारणा बनाउन र चैतमा हुने भनिएको स्थानीय निकाय निर्वाचन छलफल गर्नका लागि नेपाली कांग्रेसले नगर सभापतिहरुको दुई दिने भेला काभ्रेको बनेपामा आज ( बुधवार) देखि सुरु भएको छ ।  नगर सभापतिको भेला गत असोज ३ र ४ गते गर्ने भनिएपनि स्थगित गरिएको थियो । 

नेपाली कांग्रेस बनेपा नगर समितिले दिएको जानकारी अनुसार भेला बुधवार र विहिवार चल्ने छ । बनेपा नगर समितिका सभापति राम जोशीका अनुसार भेलामा देशभरका २ सय १७ नगर सभापतिसहित करिब २ हजार प्रतिनिधिको सहभागिता हुने छ । नगरसभापतिहरुको भेलाको उदघाटन नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले गर्ने कार्यक्रम रहेको छ । सभापति  शेरबहादुर देउवाले  भेलाको समापन गर्ने कार्यक्रम रहेको छ । 

काभ्रेको ऐतिहासिक नगरी पनौतीलगायत पर्यटकीय क्षेत्रको भ्रमण गराइने सभापति जोशीले बताए । भेलामा स्थानीय निकाय पुर्नसंरचनाबारे धारणा बनाउन र चैतमा हुने भनिएको स्थानीय निकाय निर्वाचन, प्रादेशिक व्यवस्था, पार्टी सुदृढीकरण लगायतका एजेण्डामा छलफल गर्न तयारी स्वरुप नेपाली कांग्रेसले नगर सभापतिहरूको भेला बोलाएको हो । 

नगर सभापतिको भेला गर्ने ब्यवस्था सम्मेलन आयोजक समिति संयोजक शान्तिरत्न शाक्यले कांग्रेस पार्टीका नेतृत्वलाई घचघचाउने उद्धेश्यले पहिलो पटक नगर सभापतिहरुको भेला बनेपामा गर्न लागेको बताए । उनले भने– ‘नेपाली कांग्रेसको विधानमा नगर सम्मेलन गर्ने भन्ने अहिलेसम्म व्यवस्था छैन। स्थानीय तहको रुपमा नगर समितिहरुलाई पनि बलियो बनाउन आवश्यक छ ।’ नेपाली कांग्रेसको बिधानमा व्यवस्था नभएपछि पार्टीको संगठन सुदृढ बनाउन र नगरलाई संगठित बनाउनको निमित्त पनि यो भेलाको उद्धेश्य रहेको बताइएको छ । 

 

]]>