देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ठूलो संख्यामा प्रहरी अधिकृत सेवा निवृत, को–को बन्दै छन् डीआईजी

देशान्तर

काठमाडौं ।  ३० वर्षे सेवा अवधिका कारण ३० मंसिरबाट तीन प्रहरी नायब महानिरीक्षक डीआईजी सहित तीन दर्जनभन्दा बढी वरिष्ठ प्रहरी अधिकृतहरू घर जाने भएका छन्। ठूलो संख्यामा वरिष्ठ अधिकृतहरू घर जाने भएपछि प्रहरी प्रधान कार्यालयले बढुवा फाइलसमेत अगाडि बढाइसकेको छ। अहिले नै प्रक्रिया अगाडि नबढाउँदा डीआईजीका दाबेदार एसएसपीहरूले पनि अनिवार्य अवकाश पाउने भएकाले प्रधान कार्यालयले फाइल अगाडि बढाएको हो। डीआईजीद्वय हेमन्त मल्ल ठकुरी, केशव अधिकारी र गोपाल भण्डारीको सेवा अवधि ३० मंसिरमा सकिँदै छ। डीआईजी भण्डारी भने यतिबेला निलम्बनमा छन्।

निलम्बनमा रहँदै उनी पनि सोही मितिबाट अवकाश पाउँदै छन्। मल्ल, अधिकारी र भण्डारीको स्थानमा बढुवाका लागि तीनजनाको सिफारिस भए पनि तत्काल एक मात्रै बढुवा हुने अवस्था रहेको प्रधान कार्यालय स्रोतले दाबी गरेको छ। बढुवाका लागि एसएसपीहरू गणेश केसी, लव विष्ट, केदारमानसिंह भण्डारी, रमेशकुमार भट्टराई र बलराम शर्मा पौडेल दाबेदार हुन्। १६ पुस २०६७ मा उनीहरू एसएसपीमा एक साथ बढुवा भएका थिए। डीआईजीको ६ वर्षे पदावधिका कारण १५ पुससम्म बढुवा नभए पाँचैजना एसएसपी घर जानेछन्।

स्रोतका अनुसार १५ पुसपछि २९ चैत २०४४ का प्रहरी निरीक्षकका ब्याजीहरू सबैजना डीआईजी हुनबाट रोकिने अवस्था पनि आउन सक्ने स्रोतले जनाएको छ। यस्तो स्थितिमा यादवराज खनाल, पुष्पचन्द्र रञ्जित, भोगबहादुर थापा, मिलन बस्नेत र पुस्कलराज रेग्मीहरू पनि घर जानेछन्। २ फागुनपछि ३० असार २०४५ को टोली डीआईजीमा बढुवा हुनेछ। त्यससँगै ३० फागुन २०४५ को टोलीका एक मात्र हकदार रमेश खरेल, त्यसपछि २९ माघ २०४६ को टोलीका सर्वेन्द्र खनाल, धिरु बस्न्यात, राजेन्द्रमान श्रेष्ठ हाल बिरामी, पुष्कर कार्की र महेन्द्रराज पोखरेल डीआईजीमा बढुवा हुनेछन्।

२०४५ सालको अघिल्लो÷पछिल्लो टोलीलाई पछि पार्दै २०४६ को टोलीका सर्वेन्द्र खनाल तथा राजेन्द्रमान श्रेष्ठ एसएसपीमा बढुवा भएका थिए। उनीहरूसँगै २७ चैत २०६८ मा बढुवा भएका उत्तमकुमार कार्की, सुभाषचन्द्र चौधरी, छविलाल जोशी र ४ साउन २०७० मा बढुवा भएका धिरु बस्न्यात र श्याम खत्री तथा त्यसको एक महिनापछि २७ भदौमा बढुवा भएका पुस्कर कार्की डीआईजीका प्रबल दाबेदार हुन्। प्रहरी प्रधान कार्यालयले उनीहरूको कार्यक्षमता तथा मूल्यांकनको फाइल अगाडि बढाउने तयारी गरिरहेको छ। कार्यक्षमतामा उनीहरू निकै अब्बल मानिन्छन्।

३० वर्षे सेवा हदका कारण ३० मंसिरबाट एसएसपीहरू उत्तमबहादुर सिंह, योगेश्वर रोमखामी, विक्रमसिंह थापा र भूपालकुमार भण्डारीले अवकाश पाउने भएका छन्। त्यस्तै, गोविन्दराम परियार, जगतमान श्रेष्ठ, अजय भट्टराई, प्रेमबहादुर मल्ल, ईश्वरीप्रसाद चापागाईं, स्थानेश्वर रेग्मी, पवनकुमार गिरी र सुदमकुमार सिजापतिले एसपीबाट अवकाश पाउँदै गरेको छ । आजको राजधानी दैनिकमा समाचार छ । 

]]>