देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री दाहालद्वारा अमेरिकामा रहेका नेपालीबारे चासो

देशान्तर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अमेरिकामा रहेका नेपालीबारे चासो व्यक्त गरेका छन्। सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा नेपालका लागि अमेरिकी राजदूत अलाइना टेप्लिजसँगको शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री दाहालले राजदूतसँग जिज्ञासा राखेका छन्। प्रधानमन्त्रीको जिज्ञासामा राजदूत टेप्लिसले अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचनको परिणामले नेपाल र नेपालीमा कुनै नकारात्मक असर नपर्ने जानकारी गराएकी छिन्।

प्रधानमन्त्री र टेप्लिसबीच नेपालको समसामयिक राजनीतिक परिस्थिति र संक्रमणकालीन न्याय एवं यसको व्यवस्थापन सम्बन्धि कुराकानी समेत भएको थियो। भेटमा प्रधानमन्त्रीले संविधान कार्यान्वयन गर्न सरकार गम्भीर रुपमा सहमतिको प्रयासमा लागेको जानकारी दिँदै सबै पार्टीहरु समझदारीकै माध्यमबाट संविधान कार्यान्वयनको प्रक्रियामा आउने बताए।

प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रिया र द्धन्द्धको व्यवस्थापन मौलिक भएको भन्दै सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको प्रतिवेदनका आधारमा संक्रमणकालीन न्यायको व्यवस्थापन गरिने बताए। राजदूत टेप्लिसले नेपालको राजनीतिक प्रक्रिया सकारात्मक दिशामा अगाडि बढेको, अमेरिका सधै नेपालको शान्ति र प्रगतिको पक्षमा रहेको जानकारी दिएकी थिइन्।

]]>