देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अत्याधुनिक बन्दै कलंकी चोक

देशान्तर

काठमाडौं । बर्सौंदेखि कलंकी चोकमा दैनिक जामका कारण दिक्क भएका सडक प्रयोगकर्ताले २०७५ साउनदेखि सहज महसुस गर्न पाउने भएका छन्। चीन सरकारले कलंकी चोकमा बनाउन लागेको क्रस रोडको काम आउँदो पुसभित्र सक्ने लक्ष्य रहे पनि भूकम्प र अघोषित नाकाबन्दीले लम्ब्याएकाले सात महिना थप गरी त्यस अवधिभित्र सक्ने गतिमा काम गरिरहेको हो। 

आयोजनाले पृथ्वी राजमार्गसँग अरनिको राजमार्ग जोड्नेछ। कालीमाटीतर्फबाट थानकोटतिर जाने सडक समानान्तर उचाइमा रहन्छ भने बल्खुबाट सीतापाइला जाने सडक चोकबाट चार सय मिटर दक्षिणदेखि चार सय मिटर परसम्म ‘अन्डरपास’ बन्नेछ। चारैतिरबाट देब्रेतर्फ मोडिने ठाउँमा दुई लेनको फराकिलो सडक यथावत् रहनेछ। अन्डरपास सडक जाने र आउने दुईदुई गरी चार लेनको हुनेछ। कलंकी चोकबाट बल्खु जानेतर्फ टिनले घेरिएको ठाउँमा चार सयवटा बोर्ड पाइल गर्ने काम भइरहेको छ। हालसम्म ४० वटाको काम सकिएको जानकारी कोटेश्वर–कलंकी चक्रपथ सुधार आयोजनाका प्रमुख ज्ञानेन्द्रकुमार झाले दिए।  

चोकमा क्रस रोड बनाउने काम कोटेश्वरदेखि कलंकीसम्मको १०. ३९५ किलोमिटर सडक आठ लेनको बनाउने आयोजनाभित्रै परेको छ। आयोजना २०७० भदौदेखि सुरु गरिएको हो। भूकम्प र त्यसपछि अघोषित नाकाबन्दीले झन्डै ६ महिना अलमलमा परेको उक्त आयोजनाको काम अहिले तीव्र गतिमा छ। उनले सोमबार भने, ‘चीनले अहिले कामको गति तीव्र बनाएको छ। यही गतिमा बनाए कलंकी चोकको क्रस रोड र कलंकीदेखि कोटेश्वरसम्म सडक कालोपत्रे गर्ने काम २०७५ साउनभित्र सकिनेछ।’  अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।   

]]>