देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राजनीति वक्तब्य जारी गरेको पूर्वराजा ज्ञानेन्द्र भारत जाँदै

देशान्तर

काठमाडौं । राजनीति दलका गतिविधी प्रति बुधवार विज्ञप्ती जारी गरि असंतुष्टी जनाएका पूर्वराज ज्ञानेन्द्र शाह अर्को महिना भारत भ्रमणमा जाने भएका छन् । उडीसाको पुरीस्थित गोवद्र्धन पीठमा आउँदो माघ ५ देखि ७ गतेसम्म हुने विमला भवानीको मूर्ति प्रतिस्थापन विशेष सहारोहमा उनी त्यसतर्फ जान लागेका हुन । सोही स्थानमा शंकराचार्य जगद्गुरु स्वामी निश्चलानन्द सरस्वतीको आश्रम पनि रहेको छ ।

उनी पहिलो दिनको कार्यक्रममा सहभागिता जनाउने इच्छा प्रकट गरेको जनाइएको छ । पूर्वराजा नै भएपनि कुनै बोला विश्वको एक मात्र हिन्दु सम्राट भएको हिसाबले उनलाई त्यहाँ निम्त्याइएको हुन सक्ने स्रोतहरुले बताएका छन् । उडिसा जाँदा भारतका अन्य क्षेत्रमा पनि उहाँले भ्रमण गर्नसक्ने र कूटनीतिक तथा राजनीतिक भेटघाट पनि हुन सक्ने स्रोतहरुले बताएका छन् ।

 यसै बीच पछिल्लो राजनीति घटना प्रति उनले बुधवार विज्ञप्ती जारी गरि तिव्र असंतुष्टी जनाएका छन् । राजनीति दलहरुका गतिविधीले राष्ट्रिय एकतामा आँच आएको र अब मुलुकका लागि सवै नेपाली एकताबद्ध हुने समेत आएको समेत विज्ञप्तीमा जनाएका छन् । आजको समाचारपत्र दैनिकमा खबर छ । 

 

]]>