काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले करारमा कर्मचारी भर्ना लिने तयारी गरेको छ ।
दरबन्दीअनुुसार परिपूर्ति नभएको, पूर्ति भएका समेत लामो समय नटिक्ने र भएका कर्मचारीले समेत कार्यसम्पादन कमजोर देखिएपछि प्राधिकरणले उक्त तयारी गरेको छ ।
प्राधिकरण गठन भएको एक वर्ष पूरा भएको अवसरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सहसचिव र उपसचिवभन्दा तल्लो तहका कर्मचारी करारमा लिने तयारी भएको बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
]]>
प्रतिक्रिया