देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कर्मचारीलाई प्रोत्साहन भत्ता दिने सरकारको निर्णय

देशान्तर

काठमाडौं । सरकारले तोकिएको समयावधिभन्दा बढी सेवा (काम) गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने भएको छ । 

मन्त्रिपरिषद्को आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले तोकिएको समयावधिभन्दा बढी सेवा गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो । 

सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले बैठकमा सङ्घ, प्रदेश, स्थानीय तहका कार्यविस्तृतीकरण, अधिकार सूचीका बारेमा व्यापक छलफल भई यसलाई मन्त्रिपरिषद्अन्तर्गतको आर्थिक पूर्वाधार समितिमा पठाउने निर्णय गरेको सञ्चारकर्मीलाई जानकारी दिए । 

वनसंरक्षक शाहीलाई सहिद घोषणा 

हालै ताप्लेजुङको खोकलिङमा हत्या गरिएका वनरक्षक गणेशबहादुर शाहीलाई सहिद घोषणा गर्ने र उहाँको परिवारलाई रु १० लाख दिने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको छ । 

जाजरकोट निवासी शाहीको वन संरक्षणका क्रममा नै वीभत्स हत्या भएको थियो । यसैगरी बैठकले खेल प्रशिक्षक वासुदेव भट्टराई (बाँके) र जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख कर्णबहादुर खड्काका परिवारजनलाई जनही रु १० लाख आर्थिक सहायता दिने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए । प्रशिक्षक भट्टराई र कार्यालय प्रमुख खड्काको हालै खेलकुद प्रतियोगितामा भाग लिन जाने क्रममा निधन भएको उनले जानकारी दिए । 

यसैगरी बैठकले काठमाडौँको बूढानीलकण्ठ नजिक राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योगसेवा केन्द्र स्थापना, एकीकृत सहरी विकास समिति गठन, टर्कीको राजधानी इस्तानबुलमा अवैतनिक वाणिज्यदूतमा कार्यरत फात्मा गुन्सेली मालाकोचको पदावधि थप र सडक सुधार तथा विस्तारका लागि एसियाली विकास बैंकबाट प्राप्त ऋण सहायताबापतको रु २० अर्ब २८ करोड स्वीकार गर्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिए ।

]]>