देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पृथ्वीजयन्ती मनाउन सरकारलाई दबाब

देशान्तर

काठमाडौं । २७ पुसलाई पृथ्वीजयन्तीका रूपमा मनाउन र सार्वजनिक बिदा दिन सरकारमाथि दबाब बढेको छ। सरकारमै सहभागी राप्रपाले मन्त्रिपरिषद् बैठकमा पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने प्रस्ताव लैजाने तयारी गरेको छ। प्रमुख दलका शीर्ष नेतालेसमेत सार्वजनिक बिदा दिनुपर्ने धारणा व्यक्त गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब परेको हो।

पछिल्लो राजनीतिक गतिरोध अन्त्यका लागि आइतबार सभामुखको कार्यकक्षमा बसेको पाँच दलका शीर्ष नेताको बैठकमा शीर्ष नेताहरूबीच २७ पुसमा सार्वजनिक बिदा दिने विषयमा चर्चा चलेको थियो। बैठक चलिरहेका वेला राप्रपाका प्रमुख सचेतक दिलनाथ गिरीलगायतका नेता शीर्ष नेताहरूलाई पृथ्वीजयन्तीका अवसरमा आयोजना गरिएको चियापान कार्यक्रममा निमन्त्रणा दिन सभामुखको कार्यकक्ष पुगेका थिए। 

त्यहाँ उनीहरूले २७ पुसको चियापानका लागि सहभागी हुन प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, एमाले वरिष्ठ नेता झलनाथ खनाललगायतलाई निमन्त्रणा दिए। आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । 

]]>