देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निगमले ल्यायो चीनबाट अर्को विमान

देशान्तर

काठमाडौं । नेपाल वायु सेवा निगमले ५६ सिट क्षमताको अर्को जहाज चीनबाट ल्याएको छ। चीनको कुनमिङबाट बंगलादेशको ढाका हुँदै जहाज बिहीबार साँझ काठमाडौँ अवतरण गरेको हो। ५६ सिटे एमए–६० सिरिजको अर्को जहाज निगमले ल्याएको हो। ठूलो आकारको यो जहाजबाट सरल भाडा दरमा विभिन्न आन्तरिक गन्तव्यमा उडान गर्ने निगमले जनाएको छ।

निगमले चीनबाट पाएको सहुलियत ऋणमा नयाँ जहाज खरिद गरेको हो। यसअघि ल्याइएका दुई जहाज भने चीन सरकारले अनुदानमा दिएको थियो।  नयाँ जहाज थपिएपछि निगमले आन्तरिक तर्फ हरेक साता थप १४ उडान भर्ने तालिका बनाएको छ। दुईवटा एमए–६० जहाजबाट निगमले हरेक साता ३२ उडान भर्नेछ।

सहुलियत ऋणबाट खरिद गरिएको अर्को सानो चिनियाँ जहाज आगामी मंगलबार काठमाडौं अवतरण गर्ने निगमले जनाएको छ। अब आउने जहाज भने १८ सिट क्षमताको हुनेछ। चिनियाँ अनुदानमा पाएको यस्तै जहाज निगमले यसअघि नै ल्याइसकेको छ। चीनबाट जहाजलाई वरिष्ठ क्याप्टेन गोपालसिंह विष्ट नेतृत्वको टिमले काठमाडौँ ल्याएको हो।

]]>