देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निर्वाचन घोषणा लगतै निमित्त आइजीपी सक्रियः प्रहरी हेडक्वाटरमा ब्रिफिङ बैठक

देशान्तर

काठमाडौं । सरकारले निर्वाचन मिति घोषणा गरे लगत्तै प्रहरी प्रधान कार्यालयमा सोमबार नै डिआइजी र उपत्यकामा रहेका एसएसपीसँग निमित्त प्रहरी प्रमुख दिनेशचन्द्र पोखरेलले छलफल गरेका थिए।  बैठकमा पोखरेलले सरकारले निर्वाचन मिति घोषणा गरेकाले तत्काल निर्वाचन सुरक्षामा केन्द्रित हुन निर्देशन दिएका थिए ।

आफुलाई निर्वाचन सुरक्षाका बारेमा  धेरै जानकारी भएको तर हिजोका निर्वाचनमा सुरक्षा रणनीति बनाउने प्रहरी अधिकृतहरुलाई राखेर निमित्त आइजीपी पोखरेलले चेन अफ कमाण्डमा बसेर काम गर्न निर्देशन दिएका थिए । बैठकमा प्रहरी जनशक्ति र अन्य सुरक्षा निकायसँगको समन्वयबारे समेत छलफल भएको बैठकमा सहभागी एक प्रहरी अधिकारीले जानकारी दिए।

सुरक्षाका लागी जनशक्ती अभाव हुने भएकाले म्यादी प्रहरी राख्नुपर्ने र त्यसको संख्या गत निर्वाचनको भन्दा बढी हुने निष्कर्ष निकालिएको थियो। दोस्रो संविधान सभा निर्वाचनमा सरकारले नेपाली सेना सहित गृह मातहतका तीन सुरक्षा निकाय र म्यादी प्रहरी गरी एक लाख ८० हजार जनशक्ति खटाएको थियो। संविधान सभा निर्वाचनमा ६२ हजार सेना, ४८ हजार प्रहरी, ३२ हजार सशष्त्र प्रहरी, ४५ हजार म्यादी र ७ सय गुप्तचर खटिएका थिए। नेपाली सेनाको संख्या करिव ९० हजार छ।

प्रहरी ७२ हजार र सशस्त्र ३७हजार पुगेका छन्। राष्टिय अनुसन्धान विभागमा करिव ३ हजार जनशक्ति छ। सोमबार बसेको प्रहरीको समिक्षा बैठकमा म्यादी प्रहरीको संख्या ६० हजार हाराहारी आवश्यक पर्ने निष्कर्ष निकालेको थियो। सुरक्षा जनशक्ति मधेस आन्दोलनको स्वरुप र निर्वाचनको विपक्षमा जानसक्ने मोहन बैद्य, नेत्र विक्रम चन्द, र सिके राउत जस्ता शक्तीको तयारीले निर्धारण गर्ने बैठको निचोड थियो।

]]>