देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

त्रिवि कर्मचारी संघमा लोकतन्त्रवादी समुहको प्यानलै विजयी

देशान्तर

काठमाडौ । त्रिवि कर्मचारी संघमा लोकतन्त्रवादी समुहको व्यानलसहित  भारी मतमा विजय हाँसिल गरेको छ । सोमबार साँझ सम्पन्न भएको मत परिणाममा प्रजातान्त्रिकका भोजराज राउत नेतृत्वको प्यानल विजयी भएको हो ।  अध्यक्षमा राउतले ४०० भन्दा बढी मतले आफ्ना निकटतम प्रतिद्वन्दीलाई पराजित गरेका छन् । बाँकी पदहरुमा पनि सबै प्रजातान्त्रिकका उम्मेदवारहरु विजयी भएको  नवनिर्वाचित अध्यक्ष राउतले जानकारी दिए ।  

कूल २१ जनाको कार्यसमिति हुने संघको नेतृत्वमा राउतले प्रगतिशील कर्मचारी संगठनबाट छत्रबहादुर कार्कीलार्इ भारी मतले पराजित गरेका हुन् ।

तेस्रो बन्नेमा राष्ट्रिय कर्मचारी संघका यादव पोखरेल छन् । अध्यक्षमा निर्वाचित प्रजातन्त्रवादी कर्मचारी संघका राउत त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा कार्यरत छन् ।  त्यस्तै, प्रजातन्त्रवादी  समूहबाट वरिष्ठ उपाध्यक्षमा पुण्यप्रसाद आचार्य, महासचिवमा  भीमलाल भक्त, सचिव सविना श्रेष्ठ र कोषाध्यक्ष पुष्पराज घिमिरेले पनि विजय हाँसिल गरेका छन् ।

]]>