काठमाडौं । सरकारले सोमवार स्थानिय चुनावको मिति घोषणा गरेरसंगै राजनीतिक चहलपहल बढेको छ । निर्वाचनको. आयोगले मंगलवार निर्वाचनको तयारीका लागि आयोगको बैठक बोलाएको छ भने प्रधानमन्त्री पुष्पकमल दाहालले पनि सर्वदलिय बैठक बोलाएका छन् ।
चुनावको मिति घोषणा गरेपछि बोलाइएको सर्वदलीय बैठकमा दलहरुवीच चुनाव कसरी सफल पार्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।
त्यस्तै मधेसी मोर्चाका मागका बारेमा समेत छलफल हुन सक्ने नेताहरुले बताएका छन् । आज दिउँसो तीन बजे संसद भवन बानेश्वरमा बोलाइएको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सवै दलका प्रतिनिधि सहभागि हुने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
]]>
प्रतिक्रिया