काठमाडौँ ।
विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य रञ्जु दर्शनाले नेकपा एमाले मुलुककै सबैभन्दा भ्रष्ट पार्टी भएको जिकिर गरेकी छन् ।
एमालेलार्इ मेडिकल माफियाहरुको झुण्डले सञ्चालन गरेको दाबी गर्दै उनले एमाले जस्तै पार्टीहरूका कारण मुलुकमा भ्रष्टाचार बढेको जिकिर पनि गरेकी छन् । मंसिरमा हुन लागेको निर्वाचनमा विवेकशी साझा पार्टीका उम्मेद्वार जिताउन चुनावी अभियानमा राजधानीमा सक्रिय रञ्जुले चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै एमाले लगायत अन्य पुराना राजनीतिक दलको चर्को विरोध पनि गर्न भ्याईन ।
एमाले प्रवेश गर्ने तयारी गरेको भन्ने समाचारको खण्डन गर्दै दर्शनाले भ्रष्टाचारमा लिप्त भएका र भ्रष्टहरुको मात्रै झुण्ड रहेको पार्टीको सदस्य बन्न आफूलाई कुनै इच्छा नभएको भन्दै आफू विवकेशील(साझामै प्रतिवद्ध रहेको उल्लेख गरिन् ।विवेकशील साझा पार्टीलाई राष्ट्रिय पार्टी बनाउने लक्ष्यमा लिइएको बताउँदै रञ्जुले त्यसका लागि सबैसँग सहयोग गर्न आग्रह गरिन् ।
प्रतिक्रिया