काठमाडौं । चुनावको कारण देखाउदै व्यावसायीहरुले तरकारको मुल्य दोब्बर बढिले बढाएका छन । चुनावका कारण माग अनुसार तरकारी आपूर्ति हुन नसकेको भन्दै व्यावसायीले मूल्य दोब्बर बढाएका हुन । दसैं र तिहारपछि तरकारी आपूर्तिमा ५० प्रतिशतले कमी आएको र खरिद मुल्य नै दोब्बरले बढेपछि मूल्य बढाएको व्यावसायीहरुको भनाई छ ।
सर्वसाधारणको भान्सादेखि उपत्यकाको पाँचतारे होटलसम्म दैनिक उपभोगमा आउने आलु, प्याज, टमाटर, काउलीलगायत तरकारीको मूल्य दसैं अघिको तुलनामा दोब्बरले बढेको छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार काठमाडौंमा दैनिक सात सय मेट्रिक टन तरकारी आपूर्ति हुने गरेकोमा अहिले त्यसको ५० प्रतिशतमात्रै आपूर्ति हुने गरेको छ ।
कालीमाटी फलफूल तरकारी बजारमा अहिले दैनिक तीन सय ५० मेट्रिक टन मात्रै तरकारी आपूर्ति हुने गरेको छ । ५० प्रतिशत मात्रै आपूर्ति भएका कारण तरकारीको मूल्य दोब्बरले बढेको हो । नेपालमा तरकारी उत्पादन कम रहेको र भारतबाट आउने तरकारीमा उतैवाट मूल्यवृद्धि भएर आउने गरेको समितिको भनाई छ ।
अहिले थोक मूल्यमा सानो गोलभेंडा प्रतिकेजी ७२ रुपैयाँ भए पनि बजारमा एक सय १० रुपैयाँ छ । प्याज प्रतिकेजी थोक मूल्य ६७ रुपैयाँ रहेकोमा खुद्रा बजारमा एक सयभन्दा माथि पुगेको छ । थोक मूल्यमा आलु ४४ रुपैयाँ किलो छ तर, बजारमा ७० देखि ८० रुपैयाँको हारहारीमा बिक्री हुँदै आएको छ ।
पछिल्लो समयमा सबैजसो तरकारीको खुद्रा मूल्य व्यवसायी आफैंले निर्धारण गर्दै आएका छन । खुद्रा व्यापारीको मनलाग्दी मूल्य निर्धारणले उपभोक्ता महँगीको मारमा पर्दा अनुगमनको निकाय मौन छ ।
कालीमाटी फलफूल तथा तरकारी विकास समिति र बल्खु कृषि तथा तरकारी बजारमा तरकारी आपूर्तिमा कमी आएको व्यवसायी बताउँछन् ।राज्यले कृषि उपजमा कति नाफा लिन पाउने भन्ने नीति नबनाएकोले पनि मूल्य निर्धारण गर्न सकिने अवस्था नरहेको समितिको भनाई छ ।
प्रतिक्रिया