देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसले बोलायो पदाधिकारी बैठक

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ ।

सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन् । उनले आफ्नै निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक डाकेका छन् ।

बैठकमा पछिल्ला समसामयिक राजनीतिक विषयहरूमा छलफल हुने बताइएको छ । पछिल्लो समय बढेको राजावादीहरुको सक्रियता, विपक्षी मोर्चाको शक्ति प्रदर्शनलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।