काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा स्ववियु निर्वाचन स्थगित भएको छ ।
सम्पूर्ण तयारी सम्पन्न भएको क्याम्पसमा सत्तारुढ एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले गएराति क्याम्पसमा तालाबन्दी गरेको थियो ।
क्याम्पस प्रमुख पदमकुमार अधिकारीले सूचना जारी गर्दै क्याम्पस प्रवेशद्वारामा तालाबन्दी भएको र प्रतिकूल अवस्था सिर्जना भएकोले निर्वाचन स्थगित भएको जानकारी दिएका हुन् ।
क्याम्पस प्रमुख अधिकारीले सूचनामा सरोकारवाला पक्षसँग छलफल गरी अर्को मिति तोक्ने गरी हाललाई निर्वाचन स्थगित गरिएको उल्लेख गरेका छन् ।
प्रतिक्रिया