काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक भोलि बस्ने भएको छ । दिउँसो २ बजे बूढानीलकण्ठमा बस्ने गरी सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।
उनका अनुसार बैठकमा विकसित राजनीतिक घटनाक्रम, पार्टीका आन्तरिक गतिविधि, सदनको प्रभावकारितालगायतको विषयमा छलफल हुनेछ ।
बैठकमा पछिल्लो समय राजावादीहरूको बढ्दो सक्रियताको विषयमा पनि छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया