देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रहरी महानिरीक्षक कुँवर आज राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदै

देशान्तर

काठमाडौं । वर्तमान प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवर आज राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन् ।
अवकाशमा जान लागेका कुँवरलाई हिजो नै सशस्त्र प्रहरी हेडक्वाटरले बिदाइ गरिसकेको छ भने आज प्रहरी हेडक्वाटरले कुँवरको बिदाइ गर्दै छ ।


प्रहरी नियमावलीअनुसार ३० वर्षे उमेर सेवा अवधिका कारण उनी अवकाशमा जान लागेका हुन् । उनको अबकाश संगै अब हुने ३१ औं आईजीका लागि तीन एआईजीहरु प्रतिस्पर्धामा छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख तथा एआईजी दीपक थापा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकेडेमी)का प्रमुख एआईजी सुदीप गिरी र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रमुख एआईजी टेकबहादुर तामाङ प्रतिस्पर्धी हुन् ।

आज बस्ने मन्त्रीपरिषद् बैठकबाट नयाँ आईजीपी नियुक्त गर्ने तयारी छ । वरीयता सूची अनुसार पहिलो नम्बरमा थापा, दोस्रोमा गिरी र तेस्रोमा तामाङ छन् ।