काठमाडौं । प्रा. डा. युवराज संग्रौलाले आफूमाथिको आरोपको अनुसन्धान गर्न माग गरेका छन् । आइतबार काठमाडौं स्कुल अफ लले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफूलाई लगाइएको यौन दुव्र्यवहारको आरोपप्रति राज्यको निकायले अनुसन्धान गरेमा जुनसुकै समयमा तयार रहेको बताएका हुन् ।
उनले साँच्चिकै पीडित हो भने सामाजिक सञ्जालमा लेख्नुभन्दा अनुसन्धान गर्ने राज्यको निकायमा जानुपर्नेमा जोड दिए ।
प्रा. डा. संग्रौलामाथि लगाएको यौन दुव्र्यवहारको आरोपको अनुसन्धान गर्न काठमाडौं स्कुल अफ लको व्यवस्थापनले डा. श्रीकृष्ण भट्टराईको संयोजकत्वमा वरिष्ठ पत्रकार तीर्थ कोईराला र अधिवक्ता सीमा धामीसहितको जाँचबुझ समिति गठन गरेको छ ।
प्रतिक्रिया