काठमाडौं । नवलपरासी पश्चिममा भएको दुई समुदायबीचको झडपले उग्ररूप लिएपछि अवस्था नियन्त्रणबाहिर जाँदा ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ । पाल्हीनन्दन गाउँपालिका–३ स्थित बेलासपुरमा दुई समुदायबीच भएको झडपका क्रममा आक्रोशित समूहले प्रहरीकै गाडी जलाइदिएपछि स्थिति थप तनावग्रस्त बनेको छ । प्रहरीले आक्रोशित भिडलाई नियन्त्रणमा लिन हवाई फायर र अश्रु ग्यास प्रहार गरेको छ ।
पश्चिम नवलपरासीको अवस्था बिग्रिँदै गएपछि रूपन्देही र पूर्वी नवलपरासीबाट समेत थप प्रहरी टोली परिचालन गरिएको छ । केही प्रहरी र प्रर्दशनकारी घाइते भएका छन् ।
प्रहरीका अनुसार, झडप प्रेम विवाहसँग जोडिएको छ । तीन महिनाअघि एक समुदायकी युवतीसँग अर्को समुदायका युवाले प्रेम विवाह गरेका थिए । त्यतिबेलै केटी पक्षबाट केटाका बुवामाथि आक्रमण भएको थियो । सोमबार साँझ फेरि केटी पक्षले केटा पक्षका एक जनालाई आक्रमण गरेपछि झडपको स्थिति सिर्जना भएको हो ।
प्रतिक्रिया