देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सशस्त्रकी इन्सपेक्टर महतको घटना छानबिन गर्न समिति गठन

देशान्तर

काठमाडौं । ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी सशस्त्र प्रहरी बलकी इन्सपेक्टर सन्तोषी महतको घटना छानबिन गर्न डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा समिति गठन भएको छ । इन्सपेक्टर बेसिकको तालिम गर्दै आएकी महत पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन ब्यारेकमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।


उनलाई आत्महत्या गर्न बाध्य पारेको कसुरमा उनीभन्दा सिनियर इन्स्पेक्टर विरुद्ध पीडितका परिवारले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका छन् । सशस्त्र प्रहरी स्रोतका अनुसार उनीहरू प्रेम सम्बन्धमा थिए ।