देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संस्कृतिमन्त्रीको नेतृत्वमा पशुपतिमा साधुसन्तको र्‍याली

देशान्तर

काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको नेतृत्वमा साधुसन्तको ¥याली निकालिएको छ । पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको ¥यालीको नेतृत्व गर्न मन्त्री पाण्डे आज बिहान त्यहाँ पुगेका थिए ।

¥यालीमा कोषका पदाधिकारी, संस्कृत विद्याश्रमका विद्यार्थी, गुरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहभागिता थियो ।पशुपतिनाथ मन्दिरको मूलढोकाबाट सुरु गरिएको ¥याली पिंगलास्थान, गौशाला, जयवागेश्वरी हुँदै पुनः मन्दिरको मूलढोकामा पुगेर समापन भएको थियो । कोषले महाशिवरात्रिको सबै तयारी पूरा गरेको जनाएको छ । शिवरात्रिका निम्ति भारतलगायत देशबाट साधुसन्त आउने क्रम जारी छ । यही फागुन १४ गते महाशिवरात्रि पर्व परेको छ ।