काठमाडौं । नागरिकता ऐन संशोधन विधेयकमा ३६ वटा संशोधन प्रस्ताव परेको छ । ७२ घण्टाको संसोधन प्रस्ताव राख्ने समयभित्र सांसदहरूका ३६ वटा संशोधन परेका हुन् ।
सरकारले ल्याएको विधेयकमाथि गत आइतबार प्रतिनिधिसभामा सामान्य छलफल भएको थियो । सोमबार प्रतिनिधिसभाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको थियो ।
योसँगै सांसदहरूले ७२ घण्टाभित्र संशोधन प्रस्ताव राख्न समय पाएका थिए । यस्तै प्रतिनिधि सभामा प्रस्तुत भएको नेपाल प्रहरी विधेयक २०८१ मा यो समाचार तयार पार्दा सम्म ४३ संशोधन प्रस्ताव परेका छन् ।
संघीय संसद् सचिवालय अन्तर्गत प्रतिनिधि सभाको विधेयक शाखाले दिएको जानकारी अनुसार अहिलेसम्म ४३ संशोधन प्रस्ताव परेका छन् । विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने समय साँझ ७ बजेर २ मिनेटसम्म रहेको शाखाले जनाएको छ । विधेयकमा प्रतिपक्षी दलले मात्रै होइन, सत्ता पक्षकै सांसदहरूले पनि संशोधन प्रस्ताव दर्ता गरेका छन् ।
प्रतिक्रिया