देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुर्यज्योति लाइफबाट पीडित अंगद खड्काले उच्चबाट पाए न्याय

देशान्तर


काठमाडौं । सुर्यज्योति लाइफमा तोकिएको प्रिमियम नियमित तिर्दै स्वास्थ्य बीमा गरेकै अवस्थामा गम्भिर रोग लागी ओछ्यानमा परेका भक्तपुरका अंगद खड्कालाई दावी नदिई उल्टै मुद्दा मामिला गरेर मानसिक यातनासहितका दुःख दिने सुर्यज्योति लाइफका विरुद्ध र खडकाको पक्षमा पाटन उच्च अदालतले आदेश जारी गरेको छ ।
पाटन उच्च अदालतका न्यायाधीशद्वय अञ्जु उप्रेती ढकाल र कृष्णराम कोइरालाको संयुक्त इजलाशले बिरामी अवस्थाका बीमित अंगद खड्कालाई १० लाख रुपैयाँ दावी भुक्तानी तिर्न आदेश दिएको हो । सुर्यज्योति लाइफले खड्कालाई तीन वर्षदेखि दावी भुक्तानी नदिई दुःख दिँदै आएको थियो । साथै मुद्दा समेत लगाएर थप दुःख दिएको थियो । एजेन्टले भने अनुसार बीमा गरेका खड्काले सुर्यज्योति लाइफमा बीमा गराउँदा जीवनकै अप्ठेरो र दुःखदायी अवस्थामा पनि कम्पनीबाट मुद्दा मामिला खेपेर थप सास्ती र हैरानी भोग्दै आएका थिए ।


नियामक नेपाल बीमा प्राधिकरणले समेत २०८० असोज ८ गते फैसला गर्दै सुर्यज्योति लाइफमा बीमा गरेका खड्कालाई दावी भुक्तानी पाउनुपर्ने ठहर गरेको थियो । बीमाको सिद्धान्त बिपरित चलेको सुर्यज्योति लाइफले बीमितलाई ठगी गर्ने तथा दुःख दिने उद्देश्यले रिसइवी साँधेर खड्कालाई दुःख दिँदै आएको पीडित खड्काको भनाई छ । बीमा प्राधिकरणको फैसला समेत अस्वीकार गर्दै उल्टै घातक रोग लागेर ओछ्यानमा परेका बीमितका विरुद्धमा सुर्यज्योतिले मुद्दा लगाएको थियो । सो मुद्दाको अन्तिम किनारा लागेसँगै कम्पनीले कम्तीमा १० लाख रुपैयाँमा ब्याज समेत थपेर भुक्तानी गर्नुपर्नेे छ । खड्काले कम्पनीले अनावश्यक दुःख दिएर बीमितलाई हैरानी पारेको दुःखेसो पोख्दै आम बीमितहरु सचेत हुन आग्रह गरेका छन् ।