देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मन्त्री न्यौपानेको पहलले पायो सार्थकता बन्ने भयो -लुम्बिनी प्रज्ञा प्रतिष्ठान

देशान्तर

काठमाडौं । लुम्बिनी प्रदेशमा लुम्बिनी प्रज्ञा प्रतिष्ठान गठन हुने भएको छ । प्रदेश सरकार मन्त्री परिषद बैठकले प्रदेशमा प्रज्ञा प्रतिष्ठान गठन गर्ने निर्णय गरेको हो । उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले प्रतिष्ठान गठनको अपरिहार्यता खुलाउँदै यसको गठनका लागि मन्त्री परिषदबाट निर्णय गर्नका लागि मन्त्री परिषदमा प्रस्ताव पेश गरेको थियो ।


मन्त्रालयको यो प्रस्तावलाई मन्त्री परिषदले स्वीकार गर्दै प्रतिष्ठान गठन गर्ने निर्णय गरेको हो । ‘प्रदेशमा प्रज्ञा प्रतिष्ठान गठन अपरिहार्य छ,यसका लागि हामीले यसको गठनको अपरिहार्यता सहित मन्त्रीपरिषदमा प्रस्ताव पेश गरेका थियौँ,’ लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले भने,‘यो प्रस्ताव उपर मन्त्री परिषद बैठकबाट निर्णय भएको छ र अब प्रतिष्ठान गठनको बाटो खुलेको छ ।’ प्रतिष्ठान गठनको अपरिहार्यता बारे संस्कृतिविद डा गोबिन्द आचार्य सहितको एक विज्ञ टोलीले यस अघि अवधारणा र सुझाव सहितको प्रस्तावना पत्र तयार पारि मन्त्री न्यौपानेलाई बुझाएको थियो ।

प्रदेशको भाषा, भेषभुषा, प्राचिन धर्म,मौलिक संस्कार,संस्कृति, कलागला, साहित्य, संगित र बौद्धिक सम्पत्ति जस्ता प्रदेशको मौलिकतासंग सम्बन्धित बिषयलाई व्यवस्थित गर्न प्रतिष्ठान गठन आवश्यक रहेको जनाइएको छ । मन्त्री परिषदले लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा बनेको विधेयकमा सैद्धान्तिक सहमती प्रदान गर्ने निर्णय गरेपछि अब विधेयक तयार पार्ने काम हुने छ ।
विधेयक संसदमा पेश हुने र ऐनका रुपमा जारी भएपछि प्रतिष्ठान गठनको प्रकृया प्रारम्भ हुने छ । मन्त्री न्यौपानेका अनुसार ऐन निर्माण भइ कार्यान्वयन भएपछि भाषा, भेषभुषा,प्राचिनतम धर्म,मौलिक संस्कार संस्कृति,कला सात्यि संगित र यससंग सम्बन्धीत बिषयको पहिचान हुने छ ।