काठमाडौं । आइतबार बिहान इजरायल र हमासबीच गाजामा सुरु भएको युद्धविरामप्रति असन्तुष्टि जनाउँदै इजरायलका रक्षामन्त्री इटामार बेन ग्विरले राजीनामा दिएका छन् ।
हमासले इजरायललाई बन्धकहरूको सूची हस्तान्तरण गरेपछि गाजामा इजरायल र हमासबीच युद्धविराम लागु भएको थियो ।
त्यसलगत्तै रक्षामन्त्री इटामार बेन ग्विर, यित्जाक वासेरलोफ र इमिहाई एलियाहुले राजीनामा दिएका थिए ।
रक्षमन्त्री इटामार बेन ग्विरले पहिलेखि नै युद्धविराम सम्झौताको विरोध गर्दै आएका थिए । उनी गाजामा हमासविरुद्ध इजरायलको सैन्य कारबाहीको पक्षमा छन् ।
यसैबीच इजरायलको अति–दक्षिणपन्थी ज्यूज पावर पार्टीले युद्धविराम सम्झौताको विरोध गर्ने र सरकारबाट समर्थन फिर्ता लिने बताएको छ ।
प्रतिक्रिया