काठमाडौं । मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावल धनगढी पुगेका छन् । आज धनगढी पुगेका नेता रावललाई उनका समर्थकहरूले धनगढी विमान स्थलमा स्वागत गरेका थिए । उनका समर्थकले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा लगाएका थिए । धनगढीमा उनले आफूलाई राजावादीसँग साँठगाँठ गरेको आरोपको अस्वीकार गरे । रावलले आफूहरूले राष्ट्रहितलाई केन्द्रमा राख्ने सबैलाई समेटेर अघि बढ्ने बताए । काठमाडौं महानगरका मेयर बालेन शाहसँगको सम्भावित सहकार्यमा पनि आफू खुला रहेको उनले बताए ।
नेकपा एमालेबाट कारवाहीमा परेका एमाले पूर्व उपाध्यक्ष रावलसँगै सँगै एमालेका स्थायी कमिटी सदस्य कर्ण थापा पनि धनगढी पुगेका थिए । रावल र थापा श्रीएयर लाइन्सको जहाजमा संगै बसेर पुगेका थिए । उनीहरु सँगैसँगै यात्रा गर्नुको पछाडिलाई एमालेभित्रको राजनीतिक कोर्षलाई महत्पूर्ण ढंगले हेरिएको छ भने कतिपयले संयोगको यात्रा ठानेका छन् । यसैबीच थापाले एमालेबाट निष्कासित रावलको पार्टीमा प्रवेश गर्न लागिएको हल्ला निराधार भएको बताएका छन् ।
आफू पार्टी कामको शिलशिलामा बाजुरा जाने क्रममा संयोगवश एउटै ‘रो’मा देखिएको उनको भनाई छ । रावलले नयाँ पार्टी घोषणाको होमवर्क थालेका छन्। वैकल्पिक शक्ति घोषणा गर्ने लक्ष्यका साथ अभियानको घोषणा गरेर देश दौडाहामा निस्किएका छन्।
प्रतिक्रिया