देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउने विषय राजनीतिक कारणले अड्किएको प्रचण्डको स्पष्टोक्ति

देशान्तर


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सडकबाट आन्दोलन नगरेसम्म शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउन नसक्ने अवस्था रहेको बताएका छन् ।

बुधवार काठमाडौंमा शान्ति प्रक्रिया र वेपत्ता नागरिकहरुको सार्वजनिकिकरणको सवाल विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पीडितले पनि सडकबाट राज्य र राजनीतिक नेतृत्वलाई दबाब नदिएसम्म अर्को १८ वर्षमा पनि नटुंगिने खतरा रहेको औंल्याए । अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउने विषय राजनीतिक कारणले अड्किएको बताए ।

उनले माओवादी नेतृत्वलाई तह लगाउन, ठिक गर्न र सिध्याउने अन्तिम हतियार यही हो, टुंग्याउनु हुन्न भन्ने प्रवृत्ति पनि रहेको पनि बताए ।