देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

क्रियाशील सदस्यताको महत्व पार्टी सदस्यहरूलाई बुझाउनु पर्छ : सिंह

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका नेता एबं उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले पार्टी व्यवस्थापन नै अहिले कांग्रेसको मूल चुनौती रहेको बताउदै क्रियाशील सदस्यताको महत्व पार्टी सदस्यहरूलाई बुझाउनुपर्नेमा जोड दिएका छन् ।
सोमबार कांग्रेसको सय दिने विशेष अभियानअन्तर्गत काठमाडौं महानगरपालिकाले क्षेत्रपाटीमा आयोजना गरेको कार्यक्रममा बोल्दै हरेक क्रियाशील सदस्यहरूलाई पार्टीको गतिविधिमा संलग्न गराउनुपर्नेमा जोड दिए ।

देशमा प्रजातन्त्र र प्रजातान्त्रिक मूल्य मान्यता ल्याउन धेरै संघर्ष गरेको र जनताको पटक पटक विश्वास जितेको कांग्रेस पार्टीको क्रियाशील सदस्यता सामान्य विषय नभएको पनि उनले बताए । यस्तै नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी एकतावद्ध भएर जानुको बिकल्प नरहेको बताएका छन् ।

सिटौलाले देश र जनताको विकासका लागि पार्टीभित्रको मतभेद अन्त्य गर्दै एकतावद्ध भएर जानुको विकल्प नरहेको बताए । सिटौलाले व्यक्तिगत नभइ जनताको स्वार्थसिद्ध गर्नका लागि पार्टीमा आवद्ध भएकाले यसबारे गहन भएर सोच्न कार्यकर्तालाई सुझाव दिए । गएको निर्वाचनमा अन्य दलहरुसँग गठबन्धन गरेपनि आगामी निर्वाचनमा पार्टी एक्लै चुनाव लड्ने भएकाले अहिलेदेखि नै त्यसको तयारी गर्नुपर्ने उनले जोड दिए । उनले निर्वाचनमा उम्मेदवार चयनका लागि तल्लो तहबाटै सिफरिस गर्ने कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।