देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संविधान संशोधन अग्रगामी कि पश्चगामी ? विषयक अन्र्तक्रिया

देशान्तर

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले संविधान संशोधन गर्ने समय नभएको बताएकी छन् । शनिवार काठमाडौँमा आयोजित संविधान संशोधन अग्रगामी कि पश्चगामी ? विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले संविधान संशोधन गर्नै नहुने भन्ने नभएको तर ९ वर्षमै संविधान संशोधन गर्ने बेला नभएको बताइन् । उनले वर्तमान संविधानमा भाषा नमिलेको देखिएपनि सुरुदेखि अन्त्यसम्म सबै कुराले छोएको बताइन् । शासक वर्गको नियति ठिक भए अहिलेकै संविधान राम्रो भएको उनको भनाई थियो । उनले शासकलाई राम्रो काम गर्न संविधान बाधक नभएको पनि बताइन् ।


कार्यक्रममा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले अहिलेको उपलब्धिलाई थप बलियो बनाउने गरी संविधान संशोधन गर्नुपर्ने बताए । उनले ठुलो आन्दोलन र मेहनतका साथ जनताको संविधान निर्माण गर्न सफल भएको भन्दै अहिलेको उपलब्धिलाई थप बलियो बनाउने गरी संविधान संशोधन गर्नुपर्ने धारणा राखेका हुन् । उनले संविधान सहमतिको दस्ताबेज भएकाले जनताको अधिकार स्थापित गर्नका लागि सबैको सहमतिमा संशोधन गर्न सकिने बताए । उनले संविधान संशोधन गर्दा विभिन्न शक्तिहरूलाई खेल्ने ठाउँ दिन नहुने समेत बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले संविधान संशोधन गठबन्धनको राजनीतिक एजेण्डा मात्रै हुन नहुने बताए । अग्रगामी सोंचका साथमा संविधान संशोधनका लागि आफूहरु पनि तयार रहेको उनको भनाई थियो ।