काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिकको स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न ‘हेलो हेल्थ’ सेवा सुरु गरेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको मन्त्रीस्तरीय निर्णयपछि नागरिकहरुलाई सरल र सहज स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले हेलो हेल्थ स्थापना गरिएको हो । हेलो हल्थ स्थापनापछि मन्त्री पौडेलले भोगेका समस्या तथा गुनासा हेलो हेल्थमा पठाउन आग्रह समेत गरेका छन् ।
अब नागरिकले स्वास्थ्य मन्त्रालय तथा मातहतका निकाय र स्वास्थ्य सेवासँग सम्बन्धित गुनासा टेलिफोन, ह्वाट्सएप, भाइबर, इमेल र हुलाकबाट समेत पठाउन सक्नेछन् । टेलिफोन नम्बर १११५ मा फोन गरेर आफ्ना गुनासा राख्न सकिनेछ ।
यस्तै, भाइबर र ह्वाट्सएपमा ९८५१३३०५९२ नम्बरमा आफ्ना गुनासा सन्देशमार्फत पठाउन सकिने व्यवस्था मन्त्रालयले मिलाएको छ ।
प्रतिक्रिया