रौतहट । रौतहटको ईशनाथ नगरपालिका–७ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका शेख अब्दुल खलिक विजयी भएका छन् । हिजो सम्पन्न उपनिर्वाचनमा उनी छ सय २७ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार शेख अनवरले पाँच सय ७५ मत प्राप्त गरेकाे निर्वाचन कार्यालयले जानकारी दियो ।
त्यस्तै, गढीमाई नगरपालिका वडा ८ को वडाध्यक्ष पदमा नेकपा (एकीकृत समाजवादीकास)का उम्मेदवार बजरङ्गीप्रसाद यादव विजयी भएका छन् । उनले छ सय ५५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का जिउतीदेवी यादवले छ सय ३१ मत ल्याए भने नेपाली कांग्रेसका सुबोधकुमार यादवले छ सय १७ मत पाए ।
जसपा नेपालका सन्देशप्रसाद यादवले दुई सय ५८ मत ल्याएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिए । यसअघिको निर्वाचनमा जनता समाजवादी पार्टी नेपालका रामाज्ञा यादव निर्वाचित भएका थिए ।
प्रतिक्रिया