देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निर्वाचन आचारसंहिता उल्लंघन गरेका ६ उमेदवारलाई सोधियो स्पष्टीकरण

देशान्तर

काठमाडौं । निर्वाचन आयोगले कीर्तिपुर नगरपालिका र काठमाडौं महानगरपालिकाका वडा नम्बर १६ का गरी ६ उमेदवारलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेकामा स्पष्टीकरण सोधेको छ ।
आयोगले निर्वाचन अचासंहिताको पालना भए÷नभएको अनुगमनका लागि टोली गठन गरेको थियो । टोलीले अनुगमनबाट आचारसंहिता विपरीतका कार्य भएको देखिएको रिपोर्ट प्रस्तुत गरेपछि आयोगले स्पष्टीकरण सोधेको हो ।
आयोगले कीर्तिपुर नगरपालिकाका मेयर उमेदवार नेकपा (माओवादी केन्द्र)का शिवशरण महर्जन र मेयरकै स्वतन्त्र उमेदार राजनमान महर्जनलाई आयोगले स्पष्टीकरण सोधेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका १६ को राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट उमेदवार बनेकी रोजिना श्रेष्ठ, नेकपा (एकीकृत)का मीनबहादुर मानन्धर काठमाडौं–१६ कै अध्यक्षका लागि स्वतन्त्र उमेदवार बनेका सम शाक्य र पशुपति काठायतलाई आयोगले स्पष्टीकरण सोधेको हो ।