काठमाडौं । एसीसी यू-१९ एसिया कप आजदेखि युएईमा सुरु भएको छ । पहिलो खेलमा नेपाल र श्रीलंका खेल्दै छन् ।
खेलमा नेपालले पहिले बलिङ गर्दै छ । नेपालका कप्तान हेमन्त धामीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
राष्ट्रिय टिमबाट खेलिसकेका पेस बलर हेमन्त धामीको कप्तानीमा रहेको नेपाली टोली बुधबार यूएई पुगेको थियो ।
नेपालको मुख्य प्रशिक्षकमा शक्ति गौचन छन् । गौचनले पहिलोपटक यू-१९ टिमको प्रशिक्षण सम्हालेका राम्रो नतिजा ल्याउने आशा राखेका छन् ।
प्रतिक्रिया