२०८० पुस २० गतेदेखि नेतृत्वविहीन रहेको नेपाल धितोपत्र बोर्ड (सेबोन)ले करिब ११ महिनापछि सोमबार नयाँ नेतृत्व पाएको छ ।
बोर्डका अध्यक्ष रमेशकुमार हमाल बाहिरिएपछि नयाँ अध्यक्षका चयनका लागि झन्डै ११ महिना लागेकाे हाे । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सन्तोषनारायण श्रेष्ठलाई बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेकाे हाे ।
बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले आइतबार डा. नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठको नाम सिफारिस गरेको थियो । सोमबार मन्त्रिपरिषद् बैठकले तीमध्येबाट सन्तोषनारायण श्रेष्ठलाई बोर्डको अध्यक्ष नियुक्त गरेकाे हाे ।
डा.प्रकाशशरण महत अर्थमन्त्री हुँदा बोर्ड अध्यक्ष खाली भएको थियाे । त्यसपछिका अर्थमन्त्री वर्षमान पुनकाे पालामा पनि बाेर्डले अध्यक्ष पाउन सकेन । बाेर्ड अध्यक्ष कसले पाउने भन्ने विषयले पुष्पकमल दाहाल नेतृत्वकाे तत्कालीन सरकार नै धरापमा परेकाे विश्लेषण हुने गरेकाे छ ।
प्रतिक्रिया