देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आसन्न चीन भ्रमणबारे पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुसँग परामर्श

देशान्तर

काठमाडौँ । आफ्नो आसन्न चीन भ्रमणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुसँग परामर्श गरेका छन् ।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी सहभागी भएका छन् । त्यसैगरी पूर्व परराष्ट्रमन्त्रीहरु पनि सहभागी छन् ।
प्रधानमन्त्री ओली मङ्सिर १७ गते चीन भ्रमण जादैछन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले मङ्सिर १८ गते चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने जनाइएको छ ।