देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

देशान्तर

काठमाडाै‌ । आज दिउँसो पहाडी भेगका केही स्थानमा सामान्य वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको सामान्य प्रभाव रहेको कारण कोशी र बाग्मती प्रदेशका पहाडी भू–भागमा सामान्य बदली भएर एक दुई ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।

अहिले बिहान तराईका केही ठाउँमा सामान्य हुस्सु लागेको छ भने कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा सामान्य बादल लागेको छ । बाँकी भू–भागकाे मौसम सफा छ ।

महाशाखाका अनुसार आज राति कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भूभागकाे मौसम मुख्यतया सफा रहनेछ ।