देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मल्ल अध्यक्षमा पुनः निर्बिरोध

देशान्तर


काठमाडौं । विशिष्ट अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा पुनः निर्विरोध निर्वाचित भएका छन् । अमेरिका र बेलायतमा समेत शाखा रहेको नेपाल फिल्म सोसाइटीको १२औं साधारणसभाले मल्ललाई अध्यक्षमा पुनः निर्विरोध निर्वाचित गरेको हो ।


धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु श्रेष्ठको प्रमुख आतिथ्यमा भएको साधारणसभाले सोसाइटीको प्रथम उपाध्यक्षमा निर्माता मोहनकृष्ण श्रेष्ठ द्वितीय उपाध्यक्षमा नारायण प्रधान र तृतीय उपाध्यक्षमा राकेश खड्कालाई चयन गरेको छ । त्यसैगरी महासचिवमा राजेन्द्रकुमार बिसुराल, सचिवमा टंकनाथ पौडेल र कोषाध्यक्षमा शंकरलाल श्रेष्ठ, सहकोषाध्यक्षमा दुर्गा बिसुराल र सोसाइटीको सदस्यहरूमा सुनील कटुवाल, मदुकुमार श्रेष्ठ, गोपालकाजी कायस्थ, शिवहरि बैरागी, शर्मिला मल्ल, आरपी पन्त र सुभाष खड्कालाई सर्वसम्मत चयन गरेको छ ।


वरिष्ठ अभिनेत्री बसुन्धरा भुसाल, बरिष्ठ लोकगायक प्रेमराजा महत, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, लक्ष्मण न्यौपाने र अभिनेत्री करिश्मा मानन्धरलगायतका अतिथि उपस्थित साधारणसभामा अध्यक्षमा निवार्चित भएपछि अध्यक्ष मल्लले नेपाली कलाकारिताको विकासमा आफू कटिबद्ध भई लागिपर्ने र नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन अहोरात्र खट्ने प्रतिबद्धता जनाएका थिए ।