देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शिक्षण अस्पतालले खुलायाे ३२ जना स्टाफ नर्सकाे लागि दरखास्त (विज्ञापनसहित‌)

देशान्तर

त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थान शिक्षण अस्पतालले ३२ जना स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको छ । हाललाई ३२ जना लिइने भए पनि पछि रिक्त रहेको दरबन्दीमा आवश्यकता अनुसार यही योग्यताक्रम अनुसार पदपूर्ति गर्न सकिने अस्पतालले जनाएको छ ।

अस्पतालले आज गोरखापत्र दैनिकमा एक सूचना सार्वजनिक गर्दै स्टाफ नर्सको अस्थायी पदमा करार सेवामा पदपूर्ति गर्न लागेको हो । दरखास्त मिति नियमित आगामी २५ गते र दाेब्बर दस्तुर तिरेर २९ गतेसम्म रहेको छ।

त्रिवि वा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण भई नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएको भएको हुनुपर्नेछ । दरखास्त दस्तुर १ हजार ५०० सय रुपैयाँ तोकिएको छ।