प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगको बैठक बोलाएका छन् । उनले आज (आइतबार) बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री ओली आयोगकाे अध्यक्षसमेत हुन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।
चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तह (पीजी)को भर्नाका विषयमा निजी मेडिकल कलेजसँग विवाद भइरहेका बेला आयोगको बैठक बोलाइएको हो । तर आजको बैठकको एजेन्डामा विवादित पीजी भर्नाको विषय भने उल्लेख छैन ।
आयोगको बैठकका एजेन्डामा आयोगको गत आर्थिक वर्षमा भएका उपलब्धिको समीक्षा, चिकित्सा शिक्षा प्रदायक शिक्षण संस्था तथा शैक्षिक कार्यक्रम गाभ्ने कार्यविधिलगायत एजेन्डा तय भएका छन् ।
प्रतिक्रिया