काठमाडौं । ग्रेटर नेपाल अभियान चलाइरहेका फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा आवश्यकता देखिएपछि नेपाललाई शान्तिनगरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
नेपालले भारतबाट हुने हरेकजसो औपचारिक भ्रमणमा विरोध जनाउने गरेका छन् । अहिले भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा भ्रमणमा छन् । नेपालले सुगौली सन्धिमार्फत भारतमा गाभिएको ६० हजार बर्ग किलोमिटर नेपाली भूमि फिर्ता हुनुपर्ने माग राखेर अभियान सञ्चालान गर्दै आएका छन् ।
प्रतिक्रिया