काठमाडौँ । नेकपा एमालेले देशको प्रधानमन्त्रीको नागरिकता र हस्ताक्षर किर्ते गर्नेले भोली सबैको गर्ने भएकाले सचेत हुन जरुरी रहेको बताएको छ ।
बुधबार एमाले प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव प्रदीप ज्ञवालीले केही समूहहरू योजनाबद्ध ढंगले अराजकता सिर्जना गर्न लागिरहेको बताएका हुन् ।
संविधान संशोधनबारे पत्रकारले सोधेको प्रश्नमा ज्ञवालीले नौ वर्षको अवधिमा संविधानको वस्तुनिष्ठ समीक्षा, उपलब्धि र कमजोरीको जगमा उभिएर राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्नुपर्छ भनेर एमालेले भन्दै आएको बताए । उनले संशोधनका सवालमा निर्वाचन प्रणालीका बारेमा छलफल गर्नुपर्ने आवश्यकता देखिएको बताए ।
ज्ञवालीले सरकारबाट हटेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैखाले तिक्डम अपनाउन थालेको टिप्पणी गरे । ज्ञवालीले प्रचण्डको पछिल्ला अभिव्यक्तिले त्यही संकेत गरेको बताए ।
प्रतिक्रिया